अत्तरियाको डीडीसी कार्यालय सार्ने नाममा चलखेल : कार्यालय भित्रै २ घण्टा थुनिँए प्रमुख

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) कार्यालयमा तीव्र विरोधका बीच स्थानीयको समुहले तालाबन्दी गरेको छ। आयोजनालाई लुकीछिपी धनगढी सार्ने प्रयास भईरहेको भन्दै बिहीबार आक्रोशित स्थानीयहरुले यो कदम चालेका हुन्।

CP Hospital Dhangadhi

तालाबन्दी अघि, आयोजनाका कार्यालय प्रमुख निराजन भट्टराईलाई स्थानीयले करिब दुई घण्टा कार्यकक्षभित्रै थुनेका थिए। गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगरप्रवक्ता गोपाल दत्त भट्टको नेतृत्वमा स्थानीय टोलीले यस कार्यवाहीलाई अगाडि बढाएको हो।

nawajiwan

वडाध्यक्ष भट्टका अनुसार डीडीसीलाई अत्तरियाबाट हटाउने सम्बन्धमा कुनैपनि आधिकारिक जानकारी नदिइ पछाडिबाट निर्णय भएको आशंकामा यस्तो विरोध गरिएको हो। “डीडीसीका लागि जग्गा खोजी प्रक्रिया अघि बढिसकेको थियो, समिति गठन समेत भइसकेको थियो। यस्तो अवस्थामा गुपचुप तरिकाले आयोजना सार्ने सम्झौता स्वीकार्य छैन,” भट्टले भने।

oplus_131074

उनले आयोजनाका प्रमुख भट्टराईको संलग्नतामा यस्तो योजना बनाइएको भन्दै स्थानीय जनताको विश्वासमा ठेस पुगेको आरोप पनि लगाए।

oplus_131074
Attariya Hospital

घटनापछि स्थानीय स्तरमा डीडीसीको भविष्यबारे थप अन्योल उत्पन्न भएको छ। वडाध्यक्ष भट्टले अत्तरियामै डीडीसीको स्थायी स्थापना सुनिश्चित गर्न आवश्यक जग्गा उपलब्ध गराउने लिखित प्रतिबद्धता व्यक्त गर्दै, माग नस्वीकृत भए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिएका छन्।

oplus_131106
oplus_131072
oplus_131072
oplus_131072
oplus_131072
oplus_131072
oplus_131072