मार्तडीमा खानेपानीको समस्या,पाईपमा पानी खाेज्दै स्थानीय

Image
Nisarga Hospital

गणेश बहादुर धामी/बाजुरा: पृथ्वीकाे तापक्रममा वृद्धि भए संगै पानीका मुहान सुक्न थाले पछि सदरमुकाम मार्तडीमा पानीकाे समस्या भएको छ । सुक्खा खडेरीका कारण मार्तडीमा खानेपानीको चरम अभाव भएको हाे । बर्षातकाे समय सुरु भए पनि खडेरीका कारण पानीको मुहान सुक्दा खानेपानीको चरम अभाव भएको स्थानीयले बताएका छन्।

CP Hospital Dhangadhi

केहि साता देखि सदरमुकाममा खानेपानीको अभाव भएको बडीमालिका नगरपालिका वडा नम्बर ८ थापावाडाका एक जना स्थानीय धने थापाले बताएका छन्। उनले भने,“ सुख्खा खडेरीले मुहान सुक्नु भन्दा पनि बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाले व्ययवस्थापन गर्न नसक्दा पानीकाे समस्या भएको हाे”।स्थानीयले पटक पटक खानेपानीकाे अभाव भएको जानकारी गराईरहदा पनि समस्या समाधान नभएको थापाले बताउनुभयाे।

nawajiwan

खुख्खा खडेरीले गर्दा पानीका मुहान सुक्दै गएकाेले सदरमुकाम बासीलाई खानेपानीकाे आपूर्ति गर्न नसकिएकाे बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ।पालिकाले समितिलाई खानेपानीकाे आपूर्ति पूरा गर्न बजेट व्यवस्थापन गरे पनि खडेरीले गर्दा पानीकाे आपूर्ति गर्न नसकिएको बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक कर्ण रावलले बताए ।

उनले भने,“ पानीकाे आपूर्ति पूरा गर्न हामी लागीरहेका छाै, केहि दिनमै खानेपानीकाे समस्या समाधान हुन्छ ”। समितिका तर्फबाट सबै काम,कर्तव्य भईरहे पनि मुहानै सुक्न थालेपछि पानीकाे समस्या समाधानमा केहि समस्या भएको रावलले बताउनुभयाे।

Attariya Hospital

सदरमुकाम मार्तडीमा खानेपानीकाे समस्या समाधान गर्न नगरपालिकाले प्रत्येक बर्ष बजेटकाे व्यवस्थापन गरिरहेकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए। पालिकाकाे तर्फबाट खानेपानीकाे समस्या समाधान गर्न सम्पुर्ण कार्य भईरहेकाे तर केहि सुख्खा खडेरी तथा उपभोक्ता समितिले व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भईरहेकाे खड्काले बताउनुभयाे ।

सदरमुकाम मार्तडीमा विगत लामाे समय देखि खानेपानीलाई व्यवस्थापन गर्न सकिएकाे छैन्।बजारकाे चारैतिर यत्रतत्र खानेपानीका पाईपहरु छरिएर रहेकाे अवस्थामा छन्,जसले गर्दा खानेपानीकाे व्यवस्थापनमा चुनाैतीमा देखिदै आएकाे छ । जिल्लाकै मुटु सदरमुकाममा खानेपानीकाे याे समस्याले यहाँका बजारबासी आजित भएका छन्।

सदरमुकाम मार्तडीमा करिब ५ सय बढि धाराहरु छन् ।खडेरीका कारण मुहान सुक्दै गएकाे र ट्याङ्कीमा पानी सञ्चित नभएका कारण बिहान बेलुकी भने अनुसारकाे खानेपानी उपलब्ध गराउँन नसकिएको बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दाबी गरेकाे छ। खानेपानीकाे समस्या हुँदा यहाँका बासिन्दालाई बाउली,भम्क,थापाबाडा,पाल्त लगायतका ठाउँबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ ।

बृहत मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मार्तडीबासीलाई सफा,स्वच्छ पानी उपलब्ध गराउँन ट्रिटमेन्ट प्लान्ट जडान समेत गरेकाे छ। संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना धनगढी, कैलालीको २ करोड ५७ लाख ३७ हजार बढीको लागतमा श्री प्याराडाईज विल्डर्स प्रालिले ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानीको ट्याङ्की निर्माण गरेर हस्तान्त्रण गरेपछि अहिले ट्रिटमेन्ट फिल्टर सहितको पानी वितरण गरिएको छ।

ट्रिटमेन्ट फिल्टर सहितकाे ट्याङ्की निर्माण गरे पनि सफा स्वच्छ पानी धारामा नआउने गरेकाे स्थानीयकाे भनाइ छ । साथै पानी नागरिकको आधारभूत आवश्यकता भएकाले सदरमुकाममा भईरहेकाे पानीकाे समस्या समाधान तथा व्यवस्थापन गर्न स्थानीयले स्थानीय सराेकारवाला निकायसंग माग गरेका छन्। उचित श्राेतकाे मुहानकाे पहिचान गरि मुहानकाे संरक्षणमा ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन्।