गोदावरीमा युवा नवप्रवर्तन तालिमका लागि आवेदन खुला

Image
Nisarga Hospital

अत्तरियाः  गोदावरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहयोगमा “गोदावरी आविष्कार केन्द्र” द्वारा नवप्रवर्तन आधारित शैक्षिक सामग्री उत्पादन तथा कोडिङ/डिजाइन तालिम सञ्चालन गर्न लागिएको छ।

CP Hospital Dhangadhi

यो तालिमको उद्देश्य युवाहरूलाई नवप्रवर्तन, कोडिङ, डिजाइन तथा शैक्षिक सामग्री उत्पादनमा सीपयुक्त बनाउनुका साथै उनीहरूको रचनात्मक क्षमता अभिवृद्धि गर्नु हो।

nawajiwan

१५ देखि ३५ वर्ष उमेर समूहका गोदावरी नगरभित्र बसोबास गर्ने युवाहरूका लागि लक्षित उक्त ५ दिने तालिममा २० जना सहभागी हुनेछन। तालिम गोदावरी आविष्कार केन्द्रको कार्यालय, पहाड लाइन, अत्तरिया मा सञ्चालन हुनेछ।

Attariya Hospital

आवेदन दिने अन्तिम म्याद: २०८२ साल जेष्ठ २८ गते साँझ ५ बजेभित्र।

आवेदन फारम डाउनलोड लिंक:
[Google Drive लिंक]

https://drive.google.com/drive/folders/1UsJEkHXi1FhuvYWf7Z7AmDvrGBgqcXZF