
गोदावरी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्न नगरपालिकाको १५औं नगरसभा सुरु भएको छ।

नगर प्रमुख विरेन्द्र भट्टको सभाध्यक्षतामा सुरु भएको उक्त सभामा उपप्रमुख शारदा देवी रोकाया, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
नगरसभा वडा नं २, तेघरीस्थित पार्टनर पार्टी प्यालेसमा सञ्चालन भइरहेको छ। सभामा आगामी आर्थिक वर्षका विकास योजना, प्राथमिकता, र नगरको समग्र नीति तथा कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ।





























