धनगढी उपमहानगरको विशेषज्ञ स्वास्थ्य क्लिनिकबाट १ लाख ३३ हजारभन्दा बढीले सेवा पाए

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट हालसम्म १ लाख ३३ हजार ८७५ जनाले स्वास्थ्य सेवा लिएका छन्।

CP Hospital Dhangadhi

उपमहानगर प्रमुख गोपाल हमाल निर्वाचित भएपछि सन् २०७९ साउनदेखि सुरु गरिएको यो कार्यक्रमले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र ४१ हजार ६२२ जनालाई सेवा दिएको छ।

Attariya Hospital

nawajiwan

शनिबार सम्पन्न तेह्रो नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अनुसार, क्लिनिकमार्फत ग्रामीण अल्ट्रासाउण्ड सेवा समेत प्रदान गरिएको छ। हालसम्म ६ हजार ७२० गर्भवती महिलाको अल्ट्रासाउण्ड परीक्षण गरिएको छ। तीमध्ये ८२ जनामा जटिलता देखिएपछि अस्पताल रेफर गरिएको हो।

आमा बचाउ कार्यक्रम प्रभावकारी
‘आमा बचाउ कार्यक्रम’ अन्तर्गत हालसम्म १ हजार ३४ जनाले निशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका छन्। चालु आर्थिक वर्षको जेठसम्म मात्र ४५४ जना महिलाले यो सेवा लिएका हुन्।

त्यसैगरी, ४ हजार ५६८ सुत्केरी महिलाको स्वास्थ्य अवस्था सुत्केरीपछिको २४ घण्टा, ३ दिन र ७ दिनमा स्वास्थ्यकर्मीले घरमै गई जाँच गरेको तथ्याङ्क नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।