
कञ्चनपुरः जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा मंगलबार बिहान मध्यम वर्षा मापन गरिएको छ।

विभागले बिहान ३:४५ बजे जारी गरेको सूचनामा पछिल्ला तीन घण्टामा लगातार मध्यम वर्षा मापन भएको उल्लेख गरिएको छ।

थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र हुँदै बग्ने साना खोलानालामा आकस्मिक बहावको जोखिम उच्च रहेको विभागले जनाएको छ।

विभागले बाढी तथा पहिरोजस्ता संभावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन स्थानीयवासी र सरोकारवाला निकायलाई आग्रह गरेको छ।
































