देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य स्थानका थोरै भू-भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहन सक्ने, र साना-ठूला नदी, नाला तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले पूर्वतयारी र सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।