ओली–भण्डारी भेट: समसामयिक राजनीति र पार्टी विधानबारे छलफल हुने

Image
Nisarga Hospital

नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज दिउँसो ३ बजे च्यासलमा भेटवार्ता तय भएको छ।

CP Hospital Dhangadhi

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भेटमा समसामयिक राजनीतिक मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ।

हालै एमाले पोलिटब्युरो बैठकले पार्टी विधान मस्यौदामा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा खारेज गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यस सन्दर्भमा पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे पनि पार्टीमा गम्भीर बहस भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भेटवार्ताले पार्टीभित्रको रणनीतिक दिशामा महत्वपूर्ण सन्देश दिने राजनीतिक विश्लेषण भइरहेको छ।

Dhnagadhi & Krishanapur