कञ्चनपुरमा एक युवती मृत फेला श्रीमानलाई नियन्त्रणमा

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उहाँका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

CP Hospital Dhangadhi

आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन।सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको थियो ’प्रहरी अधिकारीले भने, ‘सम्झाएर पठाएको भोली पल्टै घरमा उनको शव भेटिएको हो ।’किशोरीको उमेर १७ वर्ष र पुरुषको उमेर २४ वर्ष रहेको प्रहरीले जनाएको छ।सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो।

nawajiwan
Attariya Hospital

‘१४/१५ वर्षकै उमेरदेखि उहाँहरुबीच प्रेम सम्बन्ध थियो। सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो।‘गत मङ्सिरमा पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलामा २ दिनपछि विवाद निरूपण गरिएको थियो ।’त्यसपछि काठमाडौंमा पनि झगडा भएको र सम्झनाको शव भेटिनुको अघिल्लो दिन पनि स्थानीय प्रहरी कार्यालयले उनीहरूलाई सम्झाएर पठाएको पाइएको छ।

पवनले छोरिलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए।शनिबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा घरायसी झगडाको उजुरीपछि प्रहरीले सम्झाई बुझाइ गरी घर फर्काएको थियो।सम्झनाका बुवा भट्टले छोरीमाथि पटक पटक मानसिक तनाव तथा शारिरीक यातना दिने गरेको बताए। छोरीको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर उहाँले कारबाहीको माग गरे । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ ।