दार्चुलाको तुसारपानी–तिङ्कर सडक दुईतर्फबाट निर्माण हुँदै

Image
Nisarga Hospital

दार्चुला: नेपाली सेनाले दार्चुलास्थित तुसारपानी–तिङ्कर सडकखण्डलाई चालु आर्थिक वर्ष २०८२/८३ मा दुईतर्फबाट निर्माण गर्ने भएको छ। सरकारले यस सडकका लागि ६ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

CP Hospital Dhangadhi

आयोजना प्रमुख प्रमुख सेनानी राजेश कटवालका अनुसार व्यास गाउँपालिका–१ को छाङरु र वडा नम्बर २ को तम्बाकु दुवैतर्फबाट सडक निर्माण कार्य अघि बढाइनेछ।

सडक निर्माणको जिम्मा विसं २०७७ मा मन्त्रीपरिषद्ले नेपाली सेनालाई दिएको थियो। ७९ किलोमिटर लामो यस सडकमध्ये हालसम्म १७.५ किलोमिटरको ट्र्याक खोलिएको छ। जसमा तुसारपानी–तम्बाकुभिरसम्म १५.५ किलोमिटर र छाङरु–तिपुलच्याक्ती २ किलोमिटर ट्र्याक निर्माण गरिएको सेनाले जनाएको छ।

nawajiwan
Attariya Hospital

यस वर्ष प्राप्त बजेटभित्र नयाँ ट्र्याक खोल्ने र सडक स्तरोन्नति गर्ने योजना रहेको कटवालले जानकारी दिए। व्यास–२ को आतुङ्ती–कल्जु जोडिएपछि तम्बाकुभिरसम्म पुग्ने र त्यहाँबाट माथि तथा तिपुलच्याक्ती क्षेत्रतर्फ नयाँ ट्र्याक विस्तार गरिनेछ।

गत वैशाखमा व्यासको सुन्सेराबाट हेलिकोप्टरमार्फत मेसिन ढुवानी गरी छाङरु क्षेत्रमा सडक निर्माण कार्य तीव्र बनाइएको सेनाले जनाएको छ।

नेपाली सेनाले हाल दार्चुला–तिङ्कर सडकसँगै कर्णाली कोरिडोर, बेनी–आरुघाट–लार्केभन्ज्याङ र खाँदबारी–किमाथाङ्का सडक आयोजनामा समेत कार्य गरिरहेको छ।