भारतमा प्रवासी नेपाली संघद्वारा तीज विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न

Image
Nisarga Hospital

हरियाणाको सेक्टर–११ स्थित गीता मन्दिरमा प्रवासी नेपाली संघ भारतले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न स्थानमा बसोबास गर्ने नेपाली दिदीबहिनीहरूले परम्परागत भेषभूषामा सजिएर तीज गीतमा छमछमी नाच्दै आफ्नै संस्कृति र पहिचानलाई उजागर गरे।

CP Hospital Dhangadhi

सांस्कृतिक कार्यक्रमअन्तर्गत तीज गीतमा आधारित नृत्य, एकल प्रस्तुति तथा सामूहिक गायनले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनायो। सहभागी महिलाहरूले तीजलाई नाचगान मात्र नभई भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने र सामाजिक एकता बलियो बनाउने अवसरको रूपमा पनि लिएको बताएका छन्।

Attariya Hospital

हजारौँको सहभागितामा सम्पन्न यस कार्यक्रममा महिलाको उत्साह, सक्रियता र सांस्कृतिक जगेर्नाले विदेशमा पनि नेपालीपनलाई अझ प्रस्ट रूपमा उजागर गरेको देखियो।

nawajiwan