आइतबार राति खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा देख्न सकिने

Image
Nisarga Hospital

यस वर्षको पहिलो चन्द्रग्रहण यही भदौ २२ गते आइतबार राति लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाद्र शुक्ल पूर्णिमामा हुने यो खग्रास चन्द्रग्रहण राति १०:११ बजे सुरु भई ११:५६ मा मध्य भागमा पुग्नेछ। ग्रहण राति १:४१ बजे अन्त्य हुने बताइएको छ।

CP Hospital Dhangadhi

समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार काठमाडौँबाट करिब साढे तीन घण्टासम्म ग्रहण अवलोकन गर्न सकिनेछ। उनले यसै वर्ष फागुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने जानकारी दिए।

Attariya Hospital

शास्त्रीय परम्पराअनुसार बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरूले दिउँसो १:११ बजेदेखि ग्रहण सकिनु अघि भोजन नगर्न सुझाइएको छ।

nawajiwan