बैतडीका साहाराविहिन बालबालिकाका लागि दुई लाखभन्दा बढी रकम संकलन

Image
Nisarga Hospital

बैतडी:सिगास गाउँपालिका ०२ गाँजरी पिँडेगाेदाका पाँच जना साहाराविहिन बालबालिकाको सहयोगका लागि सञ्चालन गरिएको अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

अभियान अन्तर्गत भारतमा ६ दिन र नेपालमा ५ दिनसम्म रकम संकलन गरिएको थियो।यस क्रममा नेपालभित्रबाट रु. १,८८,८०९ र भारतबाट रु. ८३,२०० गरी कुल जम्मा रु. २,७२,००९ संकलन भएको छ।संकलित रकम एक औपचारिक कार्यक्रमका साथ बालबालिकालाई हस्तान्तरण अभियानकर्मी सूर्यबहादुर बोहराले बताएका छन।

अभिभावकको सहारा गुमाएका ती बालबालिकाको भविष्य सुरक्षित गर्न देश–विदेशबाट आफ्नै पसिनाको अंश दान गर्ने सहयोगी महानुभावहरूलाई विशेष धन्यवाद दिइएको छ।

nawajiwan

अबदेखि निरन्तर सहयोग गर्न सहज होस् भनेर बालबालिकामध्ये एक जनाको भाईको नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ। इच्छुक सहयोगीहरूले सो खातामार्फत सहयोग पठाउन सक्ने व्यवस्था मिलाइएको छ।

Attariya Hospital

अभियानकर्मीहरूले भने, “यी बालबालिकाको भविष्य सुरक्षित गर्न तपाईंहरूको निरन्तर साथ–सहयोग अपरिहार्य छ। भगवानले सहयोग गर्ने सबैलाई सकारात्मक उर्जा र प्रगतिका लागि आशीर्वाद दिऊन्,” भन्दै शुभकामना व्यक्त गरेका छन्।

तिन बर्ष पहिला बुवाको मृत्यु भए पश्चात् भतिजले बन्चरो प्रहार गरेर काकीको मृत्यु गरे पश्चात् यि पाँच जना बालबालिकाको भविष्य बिचल्लीमा परेको हो।
यो पनि पढ्नुहोस:

भतिजाको बन्चरो प्र!हारमा काकीको गयो ज्यान, पाँच बालबालिकाको भविष्य अन्धकारमा

Advertize US