एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण, यसरी हेर्नुहोस नतिजा

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, पूरक परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।

CP Hospital Dhangadhi

गत वैशाखमा भएको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका वा अनुपस्थित विद्यार्थीहरूका लागि साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिएको थियो। बोर्डले नतिजा हेर्नका लागि IVR, SMS–USSD सेवा, राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np
तथा पनिका कक्षा १० को पोर्टल www.see.gov.np
प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।

Attariya Hospital

यसरी, पूरक परीक्षाबाट हजारौं विद्यार्थीले आफ्नो शैक्षिक यात्रा अघि बढाउने अवसर पाएका छन् भने असफल भएकाहरूलाई अर्को अवसर खोज्नु पर्ने स्थिति बनेको छ।

nawajiwan