नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८०% सम्म छुट

Image
Nisarga Hospital

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज आन्तरिक हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत, ७५ वर्षमाथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षमाथिका नागरिकलाई ८० प्रतिशतसम्म हवाई टिकटमा छुट दिने निर्णय गरेको महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

CP Hospital Dhangadhi

बैठकमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र आन्तरिक हवाई कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। फरक क्षमता भएका यात्रुहरूलाई कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गरिएको छ। यस निर्णयले हवाई यात्रामा समावेशीता, पहुँच र सुविधा बढाउने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

महानिर्देशक अधिकारीका अनुसार, बैठकमा सहभागी वायुसेवा कम्पनीहरूलाई निर्णय आजैदेखि लागू गर्न निर्देशन दिइएको छ। यस योजनाले विशेष गरी दुर्गम भेगमा रहेका ज्येष्ठ नागरिकका लागि हवाई यात्रा सहज, सुलभ र किफायती बनाउनेछ।

nawajiwan
Attariya Hospital

“नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र अन्य यात्रुहरूको हितमा आगामी दिनमा अझ धेरै जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ,” उहाँले थपे।

यस निर्णयले आन्तरिक हवाई सेवामा समावेशी र equitable पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।