
तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।

जुन तिहारअघि कात्तिक ३ गतेको तुलनामा ११ हजार ६ सय रुपैयाँले कम हो। यसअघि सो दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। तिहारपछि पहिलो पटक मूल्य समायोजन गरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि कात्तिक ४ गतेदेखि करिब ५ प्रतिशतले मूल्य घटेको देखिन्छ। असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुन हाल ४१११ डलरमा झरेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

































