घट्दो आम्दानी र चर्को करले संकटमा नेपालका टेलिकम कम्पनीहरू 📉📱

Image
Nisarga Hospital

पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीहरूको आम्दानी करिब २८ प्रतिशतले घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा दुई प्रमुख टेलिकम कम्पनीले ९८ अर्ब ७१ करोड आम्दानी गरेका थिए भने गत आव २०८१/८२ मा यो ७१ अर्ब २१ करोडमा झरेको छ।

CP Hospital Dhangadhi

विशेषज्ञहरूका अनुसार आम्दानी घट्दा नाफा र लगानी दुवैमा असर परेको छ। ‘फाइभजी’ पूर्वाधारमा पनि लगानी गर्न कठिनाइ भएको टेलिकमको भनाइ छ। उच्च कर दर, ‘ओटिटी’ सेवाको विस्तार र चर्को नवीकरण शुल्कले आम्दानी घटाएको बताइन्छ।

Attariya Hospital

पूर्वअध्यक्ष भेषराज कँडेलका अनुसार टेलिकम सेवा अत्यावश्यक भए पनि यसमा विलासिताजस्तै कर लगाइँदै आएको छ। अहिले टेलिकम कम्पनीहरूले ३० प्रतिशत कर्पोरेट कर तिर्नुपर्छ, जुन अन्य क्षेत्रमा २५ प्रतिशत मात्र छ।

nawajiwan

एनसेलका अनुसार कम्पनीहरूले औसतमा आम्दानीको ५०–६० प्रतिशतसम्म कर र शुल्कका रूपमा बुझाउँछन्। विशेषज्ञहरूका अनुसार उच्च कर र नीतिगत अनिश्चितताका कारण टेलिकम क्षेत्र लगानी संकटमा पुगेको छ, जसले भविष्यमा सेवाको गुणस्तर र विस्तारमा असर पार्ने सम्भावना बढाएको छ।