डाइभर्सिटी भिसा (DV) लोटरी आवेदनमा ढिलाइ, अमेरिकी प्रशासनिक र शुल्क परिवर्तन कारण

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकाले प्रत्येक वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा (DV) लोटरीको आवेदन खुलाउँथ्यो। तर यस वर्ष अहिलेसम्म आवेदन खुल्न सकेको छैन। न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलाराले सेतोपाटीसँग भने, अमेरिकी सरकारले केही समयका लागि डिभी लोटरी प्रक्रिया स्थगित गरेको छ।

CP Hospital Dhangadhi

फुलाराका अनुसार, अब ७ दिनदेखि १ महिनाभित्र डिभी लोटरी खुल्न सक्ने सम्भावना छ। यसमा स्थगित हुनुको मुख्य कारण दुई देखिन्छ। पहिलो, अब आवेदन शुल्क १ डलर तिर्नुपर्ने प्रावधान राखिएको छ, जसको व्यवस्थापन अझै तय हुन बाँकी छ। दोस्रो, अमेरिकी संसदले बजेट पारित नगरेकाले धेरै प्रशासनिक सेवा र कार्यक्रम अस्थायी रूपमा रोकिएका छन्।

Attariya Hospital

फुलाराले यसले डिभी लोटरी स्थगित भएको बुझ्न नहुने र यो प्रशासनिक तथा प्रविधिक कारणले मात्र भएको बताए। उनले नेपाली आवेदकलाई सचेत रहन सुझाव दिए। धेरैजसो आवेदकले व्यक्तिगत विवरण गलत भर्ने, विवाहित–अविवाहित स्थिति मिलाउन नसक्ने र छोराछोरीको विवरण नखुलाउने जस्ता गल्ती गर्छन्। यसले अमेरिका पुगेर भिसा वा नागरिकता प्रक्रियामा समस्या र कतिपय अवस्थामा डिपोर्टेशनको अवस्था पनि निम्त्याउन सक्छ।

nawajiwan

नेपालका इच्छुक आवेदकले सावधानीपूर्वक विवरण भर्नु आवश्यक रहेको उनको सुझाव छ।