गोदावरी – ६ मा नवदुर्गा आधारभूत विद्यालयको ३ कोठे भवन र शौचालय निर्माणका लागि शिलान्यास

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–६, लालपुरस्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा ३ कोठे प्रशासकीय भवन, २ कोठे शौचालय तथा फर्निचर निर्माण/सहयोग कार्यक्रमको औपचारिक शिलान्यास गरिएको छ। विद्यालय पूर्वाधार विकासका लागि स्थानीय तह र अन्तर्राष्ट्रिय साझेदार संस्थाको यस महत्वपूर्ण सहकार्यले विद्यालय समुदायमा नयाँ आशा र उत्साह भरेको छ।

CP Hospital Dhangadhi

शुक्रबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भवन निर्माणको शिलान्यास गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शैक्षिक पूर्वाधार अत्यन्तै जरुरी भएको बताए। उनले स्थानीय तहले शिक्षा क्षेत्रमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सहकार्यका यस्ता प्रवर्द्धनात्मक परियोजनाले समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

nawajiwan
oplus_0

उक्त भवन निर्माण बिल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक योगदानमा अघि बढाइएको हो। बिल्ड अन एक अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था हो, जसले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माणमा प्रत्यक्ष समुदायसँग सहकार्य गर्दै आएको छ। नेपालमा काम समयमा सम्पन्न नहुने प्रचलन बीच बिल्ड अनले ठ्याक्कै १०६ दिनभित्र भवन पूरा गर्ने लक्ष्यसहित काम अघि बढाएको जानकारी दिइयो।

oplus_0

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष जग्गु राम चौधरी, बिल्ड अन नेपालका प्रतिनिधि यज्ञराज चौधरी, सन्तोष महतो, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।

oplus_0

परियोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कृष्ण लुहारको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यालयका २७० घरधुरीभित्रका १५५ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

oplus_0

आयोजनाको कुल लागत रु. ५०,७१५१४.६४ रहेको छ। साथै आयोजना सुरु मिति २०८२/०७/२८ आजकै मिति रहेको छ भने समापन मिति २०८२/११/१८ तोकिएको छ।

Attariya Hospital
oplus_0

गोदावरी नगरपालिका वडा न ६ को नवदुर्गा आधारभूत विद्यालयमा ३ कोठे प्रशासकीय भवन, २ कोठे शौचालय तथा फर्निचर निर्माणको कामन सुरु हुदै गर्दा ,“गुणस्तरीय शिक्षा राम्रो पूर्वाधारबाटै सुरु हुन्छ। आज गरिएको यो शिलान्यास गोदावरी नगरपालिकाको शिक्षा सुधार यात्राको अर्को महत्वपूर्ण कदम हो। हामी प्रत्येक बस्तीमा शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाको समान पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ। समुदायले देखाएको उत्साह प्रशंसनीय छ।”

oplus_0

शिल्यन्यास कार्यक्रममा बिल्ड अन नेपालका यज्ञराज चौधरी भने, “समुदायसँग हातेमालो गरे मात्र शिक्षा क्षेत्रको रूपान्तरण सम्भव हुन्छ। बिल्ड अन नेपालको लक्ष्य विद्यालयका पूर्वाधार निर्माण मात्र होइन, समुदायमा स्वामित्व, सहभागिता र गर्वको भावना जगाउनु पनि हो। हामी १०६ दिनभित्र यो आयोजना उत्कृष्ट रूपमा सम्पन्न गर्ने प्रण गर्दछौँ।”

oplus_0

तेसै गरी शिल्यन्यास कार्यक्रममा गोदावरी नगरपालिका वडा न ६ का वडा अध्यक्ष- जग्गु राम चौधरीका अनुसा, “हाम्रो वडामा शिक्षा क्षेत्रको विकास पहिलो प्राथमिकता हो। स्थानीय सरकार, समुदाय र बिल्ड अन जस्ता साझेदार संस्थाको सहकार्यले अब हाम्रो विद्यालयले नयाँ पहिचान पाउनेछ। निर्माण कार्य समयमै सम्पन्न गर्न वडामा आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ।”

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0