साँस्कृतिक प्रतिष्ठान अध्यक्षमा कडायत

Image
Nisarga Hospital

नेपाली कला साँस्कृतिक प्रतिष्ठान सुदूरपश्चिम तदर्थ समिति अध्यक्षमा लोक डेउडा गायक पुरन सिं कडायत निर्बिरोध चयन हुनु भएको छ ।

CP Hospital Dhangadhi


नेपाली कला साँस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति सदस्य एवं सुदूरपश्चिम संयोजक कृष्णा सिराडीको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष लोक डेउड गायक सुरत रावत डोटेली कान्छा रहनु भएको थियो ।


नेपाली कला साँस्कृतिक प्रतिष्ठान सुदूरपश्चिम तदर्थ समिति अध्यक्षमा पुरन सिं कडायत,उपाध्यक्षमा खडक बहादुर मल्ल ,महिला उपाध्यक्षमा कान्ति गिरी, सचिबमा सुरेन्द्र ताम्राकार संगम, कोषाध्यक्षमा गौरी ओझा, सह-सचिवमा केशव भट्ट निर्बिरोध चयन हुनु भएको छ ।


त्यस्तै सदस्यमा राजु चौधरी(राज), लक्ष्मी बिसी, डिल्लीराज जोशी, चन्द्र नाथ, सागर धामी चयन हुनु भएको छ ।