
अत्तरिया: कैलालीको गौरीगंगा नगरपालिका–८ वडैपुरमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुप प्र ०१ ००१ ख २६३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते सबैको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























