सुदूरपश्चिम प्रदेशमा खेलकुद विकासलाई प्राथमिकता, मुख्यमन्त्री शाहको नीति प्रतिबद्धता

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

CP Hospital Dhangadhi

बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा आज (मंगलबार)देखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८२को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रलाई प्राथमिकतासाथ अघि बढाइने बताउनुभयो।

मुख्यमन्त्री शाहले सबै क्षेत्रमा एकै पटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उल्लेख गर्नुभयो। खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको उल्लेख गर्दै उहाँले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

यस प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयहरूका ४८ टिम सहभागी छन्। जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन्। प्रतियोगिता मंसिर १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।