लागूऔषधसहित कैलालीमा बझाङका ३ र दार्चुलाका १ व्यक्ति नियन्त्रणमा !

Image
Nisarga Hospital

हिजो राति करिब ८ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका–२, पहाड रोडस्थित स्वस्तिक होटलमा छापा मारेको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका स्थित पहाड रोडमा रहेको स्वस्तिक होटलको कोठाभित्र लुकेर बसेका व्यक्तिहरूको शरीर तथा कोठाको खानतलासी गर्दा बझाङको छिवस पाथिभेरा गाउँपालिका–७ का २८ वर्षीय बमबहादुर धामी, सोही स्थानका ४२ वर्षीय जनक जाग्री यता सुर्मा गाउँपालिका–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली नगरपालिका–२ का ५० वर्षीय रुपसिंह सितोलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट करिब ७ किलो ५०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ तथा तौल गर्ने काँटा १ थान समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

प्रहरीका अनुसार पक्राउ परेकामध्ये तीन जना बझाङका र एक जना दार्चुलाका रहेका छन्। उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dhnagadhi & Krishanapur