एनपीएल क्वालिफायर–१ : रोयल्स र किङ्ग्सको आमनेसामने, फाइनल यात्राका लागि ‘भि्डदै’

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरण सकिएसँगै आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे हुने यो खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्दै अर्को मौका पाउनेछ। इलिमिनेटरमा काठमाण्डु र लुम्बिनी खेल्दैछन्।

CP Hospital Dhangadhi

दुवै टोली उत्कृष्ट लयमा रहेकाले आजको मुकाबिला अत्यन्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। रोयल्सका विनोद भण्डारी ७ खेलमा २०१ रनसहित लगातार प्रभावशाली देखिएका छन्। कप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र क्रिस लिनको फर्मले ब्याटिङ बलियो बनेको छ। बलिङतर्फ अविनाश बोहरा १४ विकेटसहित सिजनका स्टार बनेका छन्।

Attariya Hospital

विराटनगरतर्फ कप्तान सन्दीप लामिछाने १५ विकेटसहित बलिङ आक्रमणका प्रमुख आधार छन्। मर्चेन्ट डी लाङ, शुभम् सुवास रन्जानेले उनलाई राम्रो साथ दिइरहेका छन्। ब्याटिङमा बसिर अहमद १७६ रनसहित शीर्षमा छन् भने लोकेश बम र मार्टिन गप्टिलले समग्र टिमलाई शक्ति प्रदान गरेका छन्।

nawajiwan

समूह चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेकाले आज रोयल्स बदला लिन पूर्ण तयारीमा छन्। फाइनल टिकटका लागि दुवै टोली ‘जित्तै’का लक्ष्यसहित मैदान उत्रिँदैछन्।