नेपाली बजारमा आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलामै १७ सय घट्योः आजका लागि कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ ।

CP Hospital Dhangadhi

सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ ।

Attariya Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

nawajiwan

चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।