सत्यवती फुटबल प्रतियोगिताको दोस्रो दिनको १६ टिमको खेल सम्पन्न, टाइब्रेकरसम्मको रोमाञ्चक भिडन्त ⚽️

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा सञ्चालन भइरहेको प्रतियोगितामा दोस्रो दिन आठ वटा खेल सम्पन्न भएका छन्। दिनभर भएका खेलहरूमा फराकिलो गोल अन्तरदेखि टाइब्रेकरसम्मका नतिजा निस्कँदा प्रतियोगिता थप रोमाञ्चक बनेको छ।

CP Hospital Dhangadhi

पहिलो खेलमा श्री समैजीले पशुपतिनाथ लाई २–० ले पराजित गर्दै शानदार सुरुआत गर्‍यो। उक्त खेलमा भिमे साम्जीका अनिश नेपाली प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा खप्तड बिद्या निकेतनले रिज एकेडेमीलाई ५–१ ले हराउँदै सहज जित निकालेको थियो। खप्तड बिद्या निकेतनका बाबुराम खड्का उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने।

तेस्रो खेलमा बाल बाटिकाले एभरेष्ट एकेडेमीलाई ३–० को स्पष्ट जित निकाल्यो। उक्त खेलमा बाल बाटिकाका मिलन साउद प्लेयर अफ द म्याच घोषित भए।

चौथो खेलमा सत्यवतीले होलील्याण्डलाई ६–० ले पराजित गर्दै आफ्नो बलियो उपस्थिति देखायो। सत्यवतीका प्रवेश चन्दले प्लेयर अफ द म्याचको उपाधि जिते।

पाँचौं खेलमा लोटस आई र गुँराश एकेडेमी बीच कडा प्रतिस्पर्धा देखियो। निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा लोटस विजयी भयो। लोटसका प्रिन्स नागरी प्लेयर अफ द म्याच घोषित भए।

छैटौं खेलमा बाल बाटिकाले दुर्गा भवानीलाई २–१ ले पराजित गर्‍यो। उक्त खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका मिलन साउद प्लेयर अफ द म्याच बने।

सातौं खेलमा साधना पथले खप्तड लाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्‍यो। साधना पथका लिलाम साउद प्लेयर अफ द म्याच घोषित भए।

आठौं तथा अन्तिम खेलमा एरिष्टोले दुर्गा ज्योति लाई १–० ले पराजित गर्दै दिनको खेल समापन गर्‍यो। एरिष्टोका मंगेश बीके प्लेयर अफ द म्याच बने।

प्रतियोगिताको पहिलो दिनमै उत्साहजनक प्रदर्शन देखिएकाले आगामी खेलहरू थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।