⚡ कर्णाली चिसापानी जलविद्युत् आयोजना : देशकै आर्थिक समृद्धिको दिगो योजना

Image
Nisarga Hospital

उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डिपिआर) प्रारम्भ गर्न लागिएको जानकारी दिनुभयो। मङ्गलबार कैलालीको जानकी गाउँपालिकाको दुगौलीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले यस आयोजना न केवल सुदूरपश्चिम, तर सम्पूर्ण देशको आर्थिक समृद्धिसँग जोडिएको महत्त्वपूर्ण परियोजना भएको बताए।

CP Hospital Dhangadhi

सन् २००१ मा निर्माण सम्भाव्यता अध्ययन भइसकेको भए पनि आयोजनाको कार्यान्वयन हुन नसकेको स्मरण गर्दै उनले मुलुकको दिगो विकासका लागि कर्णाली चिसापानी जस्ता मेगा परियोजनालाई अघि बढाउनु आवश्यक रहेको बताए। उनले आयोजनालाई दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजना बनाउने दृष्टिकोण पनि प्रस्तुत गर्नुभयो।

Attariya Hospital

सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत डिपिआर अध्ययनको निर्णय गरिसकेको छ भने प्राधिकरणले परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाइसकेको छ। योजना कार्यान्वयन भएपछि नदीको प्रवाह नियन्त्रण हुँदै हालको कटान समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास गरिएको छ। यस परियोजनाले ऊर्जा उत्पादनसँगै आर्थिक विकास र वातावरणीय सन्तुलन दुवैमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

nawajiwan