
आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्दै माया मेट्रो अस्पताल प्रा.लि.ले TikToker सरोज खड्काकी श्रीमतीको निःशुल्क शल्यक्रिया तथा सम्पूर्ण उपचार सेवा प्रदान गरेको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ निवासी खड्काको पारिवारिक अवस्था कमजोर रहेकाले धनगढी–३ चटकपुरस्थित अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क अपरेशनसहित आवश्यक उपचार उपलब्ध गराएको हो।

अस्पतालको यस मानवीय पहलले पीडित परिवारलाई ठूलो राहत मिलेको छ भने कठिन अवस्थामा आशा र भरोसा थपिएको छ। माया मेट्रो अस्पतालद्वारा गरिएको यस उदाहरणीय सेवामूलक कार्यको स्थानीयस्तरमा उच्च प्रशंसा गरिएको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले अस्पताल व्यवस्थापन, चिकित्सक टोली तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
































