बैतडीमा घुम्तीमा ओभरटेक गर्दा दु!र्घटना, मिनि ट्रक–अल्टो ठो!क्किँदा चार जना घा!इते

Image
Nisarga Hospital

बैतडीमा मिनि ट्रक र अल्टो कार एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै शनिबार सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो कार आपसमा ठोक्किएर दुर्घटना भएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा बझाङको खप्तडछान्ना गाउँपालिका–२ का ४२ वर्षीय देवेन्द्र थापा, ४० वर्षीया गीताकुमारी खड्का, ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोट नगरपालिका निवासी ३८ वर्षीय केशवराज जोशी घाइते भएका छन्।

दुवै सवारी साधन बैतडीको पाटनबाट धनगढीतर्फ गइरहेका बेला घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि अल्टो कार सडकबाट करिब पाँच मिटर तल खसेको बताइएको छ।

घाइते चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।