धनगढीको हसनपुरमा खाल्डोमा पु!रिँदा एक जनाको ज्या!न गयो !

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिका–५ हसनपुरमा घरको पर्खाल बनाउन जग खनिरहेको क्रममा एक जना पुरिएर मृत्यु भएका छन्। मृत्यु हुनेमा ४५ वर्षीय दीपेन्द्र जोशी रहेका छन्, जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले दिए।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार जोशी घरको पर्खाल बनाउन काम गर्दै थिए कि त्यहीँ जोडिएको पुरानो सेफ्टी ट्याङ्कीको खाल्डोमा ढिस्कोले पुरिँदा उनी घाइते भएका थिए। घटनास्थलबाट तुरुन्तै उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई ज्यान गुमिसकेको पुष्टि गरेका छन्।

Attariya Hospital

प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ र सुरक्षा मापदण्ड अपनाउन स्थानीय बासिन्दाहरुलाई सचेत गराउने तयारी भइरहेको छ। यो घटनाले घर निर्माण तथा जग खन्ने कार्यमा सुरक्षा सतर्कता अपनाउनु अत्यन्त जरुरी रहेको स्मरण गराएको छ।

nawajiwan