
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ भने आज दिउँसो पनि तराई भूभागमा हुस्सु र कुहिरो रहने छ।

कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। राति पनि तराईमा हुस्सुको प्रभाव रहने छ भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
महाशाखाले हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
आज सूर्योदय बिहान ६:५२ बजे र सूर्यास्त साँझ ५:१५ बजे हुनेछ। मौसमअनुसार किसान, यातायातकर्मी र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले विशेष ध्यान दिनुपर्ने महाशाखाले जानकारी दिएको छ।





























