आजदेखि सुरु भयो श्रीस्वस्थानी व्रत र माघ स्नान, देशभर धार्मिक चहलपहल

Image
Nisarga Hospital

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक माघ स्नान, श्रीस्वस्थानी व्रत तथा कथा वाचन सुरु गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने यस धार्मिक अनुष्ठानमा विभिन्न शक्तिपीठमा पूजा–आराधना गरिन्छ। सतीदेवीका अङ्ग पतन भएका स्थलमा देवीदेवताको बास रहेको धार्मिक विश्वासअनुसार यो परम्परा चल्दै आएको हो।

CP Hospital Dhangadhi

व्रतको सुरुवात पौष शुक्ल चतुर्दशीमा नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारणसहित गरिन्छ। प्रत्येक बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा र साँझ स्कन्द पुराण अन्तर्गतको स्वस्थानी व्रत कथा वाचन गरिन्छ। कुल परम्पराअनुसार कथा वाचन बिहान वा बेलुकी गर्ने चलन छ।

Attariya Hospital

माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षतासहित फलफूल, धूप, बत्ती र नैवेद्य चढाई भगवतीलाई अर्घ दिइन्छ। जाग्राम बसेर देवीको माहात्म्य सुन्ने परम्पराले मनोकामना पूरा हुने विश्वास छ।

nawajiwan

यसै अवसरमा आजदेखि साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला सुरु भएको छ। देश–विदेशबाट भक्तजनको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।