टिभी टुडे टेलिभिजनका पत्रकार अनिल पन्त सम्मानित, कल्प पाठशालाद्वारा दोसल्ला ओढाएर सम्मान

Image
Nisarga Hospital

टिभी टुडे टेलिभिजनका सुदूरपश्चिम प्रदेश निर्देशक तथा पत्रकार अनिल पन्तलाई गोदावरी नगरपालिका–६, लालपुरस्थित कल्प पाठशालाले आफ्नो १६औँ वार्षिक उत्सव २०८२ को अवसरमा दोसल्ला ओढाएर सम्मान गरेको छ।

CP Hospital Dhangadhi

दार्चुलाका बुवा स्वर्गीय धनदेव पन्त र आमा उमादेवी पन्तका सुपुत्र अनिल पन्त विगत एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनले सुदूरपश्चिमका दुर्गम क्षेत्रका समस्या, शिक्षा–स्वास्थ्यका सवाल, सामाजिक विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै जनतालाई सुसूचित गर्दै आएका छन्।

Attariya Hospital

विद्यालयले पन्तको तथ्यपरक, निष्पक्ष र जनमुखी समाचार सम्प्रेषणले समाजमा ल्याएको सकारात्मक परिवर्तनलाई उच्च मूल्याङ्कन गरेको छ। सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समाजसेवीहरूको उपस्थिती रहेको थियो।

nawajiwan

कल्प पाठशालाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा शिक्षा, सञ्चार, खेलकुद र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई यसरी सम्मान गर्दै आएको जनाएको छ।