
बिणा विद्या मन्दिर माध्यामिक विद्यालय गौरीगंगा नगरपालिका वडा न.६ बनबेहडाको २१ औं बार्षिकोत्सव एक समारोह बिच भब्य रुपले सम्पन्न भएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्र बोगटीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्यमन्त्री दिर्घ सोडारी रहनु भएको थियो भने विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी कुवँर पौडेल रहनु भएको थियो ।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले विद्यालयको आर्थिक ,प्रशासनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ! सो अवसरमा विद्यालयमा भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरु प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी कुवँर पौडेल ,गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष टेकबहादुर कुवँर, डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष समाजसेवी सुरत रावत (डोटेली कान्छा) ,बिणा विद्या मन्दिर माध्यामिक विद्यालयका संस्थापक सदस्य एकम छेडाल ,अमर माध्यामिक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दानबहादुर कुवँर , बिणा ग्रामीण विधुत सहकारी संस्था लिमिटेडका अध्यक्ष पुरन सिंह कडायत , सान्नीकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बहादुर खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रशासन लेखा शाखा प्रमुख शेरबहादुर बडैलाले गर्नु भएको थियो ।































