कैलाली–४ मा कांग्रेसको निर्वाचन कमाण्ड क्षेत्रीय सभापति बसन्त रोकायालाई

Image
Nisarga Hospital

अत्तरिया: फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर- ४ को निर्वाचन कमाण्ड क्षेत्रीय सभापति बसन्त रोकाया (ललित)लाई दिएको छ।

CP Hospital Dhangadhi

अत्तरियामा आज बसेको निर्वाचन लक्षित रणनिति केन्द्रित वैठकले रोकायाको संयोजकत्वमा क्षेत्रीय मूल निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन पार्टीका सबै तहका संरचना परिचालन गर्ने तथा उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने रणनीतिमा कांग्रेस अघि बढेको छ ।

वैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्यहरु, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक र क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो ।

कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् ।