अत्तरियामा सिवाइसी लिग २०८२ को ट्रफी सार्वजनिक, खेलकुद उत्सवको तयारी पूरा

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः अत्तरियामा माघ १२ गतेदेखि सुरु हुने सिवाइसी लिग २०८२ को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक न्यू सिर्जनशील युवा क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको औपचारिक ट्रफी सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan
Attariya Hospital

आयोजकका अनुसार प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ। लिग अन्तर्गत क्रिकेट, फुटबल र भलिबल गरी तीन विधाका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितीय पुरस्कार १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ।

१९ दिनसम्म चल्ने यस खेलकुद महोत्सवमा दुईवटा महिला भलिबल टिमको समेत सहभागिता रहने क्लबका अध्यक्ष नर राईले जानकारी दिए। स्थानीय युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। आयोजकले खेलप्रेमी दर्शकलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।