चुनावी माहोल तताउँदै बालेन भोलि सुदूरपश्चिम आउँदै

Image
Nisarga Hospital

झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भोलि सुदूरपश्चिम प्रदेश आउने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर उनी चुनावी प्रचार, भेटघाट र जनसम्बोधनमा सहभागी हुने कार्यक्रम तय भएको छ।

CP Hospital Dhangadhi

चुनावी मनोनयनका सिलसिलामा झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताउँदै पार्टीका उम्मेदवार, कार्यकर्ता र समर्थकहरूसँग संवाद गरेका थिए। हिजो काठमाडौं फर्किएका उनी भोलि सुदूरपश्चिमतर्फ प्रस्थान गर्न लागेका हुन्।

सुदूरपश्चिममा केही दिन सक्रिय रूपमा चुनावी अभियानमा सहभागी भएपछि बालेन पुनः काठमाडौं फर्किने कार्यक्रम रहेको छ। उनको आगमनले सुदूरपश्चिमको चुनावी माहोल थप तातिने अपेक्षा गरिएको छ।