सुदूरपश्चिम राष्ट्रिय सभा निर्वाचनमा धनगढीका मेयर गोपाल हमालले गरे बहिस्कार, चार मत खस्नै सकेन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मतदान नगरेको खुलेको छ। आज सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या २ सय २४ रहेकामा ४ मत खस्न सकेनन्।

CP Hospital Dhangadhi

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान नगर्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य खेमा बिष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल तथा जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।

Attariya Hospital

मतदान प्रक्रियामा सहभागी नहुनुको कारणबारे सम्बन्धित व्यक्तिहरूबाट औपचारिक जानकारी नआएको जनाइएको छ। राष्ट्रिय सभा निर्वाचन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहने व्यवस्था अनुसार सम्पन्न गरिएको हो।

nawajiwan

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाउँदै निर्वाचन आयोगले समग्र मतदान प्रक्रिया व्यवस्थित रहेको जनाएको छ। यद्यपि केही मत खस्न नसक्नुले राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।