
हेमा श्री फाउन्डेसन नेपाल द्वारा राप्ती सोनारी गाउँपालिका-५,चाचरफर्का,बाँके लाई वसन्त पन्चमीको अवसरमा ४० हजार प्रनी सरस्वती माताको मुर्ति हस्तान्तरण गरिएको छ।

बिधालय ब्यवस्थापन समिती अध्यक्ष बालकराम थारु ज्यु को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिँह थारु,वडा-५, झगरु थारु,२ अध्यक्ष ज्ञानेन्द्र राज ओलि लगायत समाजसेवी बुद्धिजीवी र अभिभावक हरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बिधालयले स्थापनाकाल देखि हालसम्म सहयोग गर्ने विभिन्न ब्यक्ती संघ / संस्थाहरु लाई सम्मान गरेको छ।
बिधालयको शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरे बाफत हेमा श्री फाउन्डेसन नेपालकि अध्यक्ष मन्जु पौडयाल तथा उपाध्यक्ष हेमन्त राज जोशी (बाजे) लाई सम्मान गरेको छ। अन्य सम्मानित ब्यक्तिहरुमा कुरकुट थारु,प्रेम डाँगी, बागेश्वरी असहाय बाल संरक्षण केन्द्र अध्यक्ष तारा ओलि लगायत लाई सम्मान गरिएको छ। सो कार्यक्रममा बिद्यार्थीहरु द्वारा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रमको संचालक तारा ओलिले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक छवि खडकाले ब्यक्त गर्नु भएको थियो।
सो बिधालयमा १८० जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन। फाउन्डेसनले सामाजिक क्षेत्रमा बिगत देखि कार्य गर्दै आईरहेको छ।






























