बालेन शाह भोली धनगढीमा आउदैः पाहाडी जिल्लामा पनि चुनावी भ्रमण हुने

Image
Nisarga Hospital

रास्वपाका वरिष्ठ नेता बालेन शाह मङ्गलवार धनगढी आउने भएका छन्। रास्वपाको चुनावी कार्यक्रममा सहभागी हुन शाह नेपालगन्ज हुँदै बिहान धनगढी पुग्नेछन्।

CP Hospital Dhangadhi

धनगढीमा उनी पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम तय छ। मङ्गलवारदेखि करिब तीन दिनसम्म सुदूरपश्चिममा रहने शाह कैलाली जिल्लाका पार्टी कार्यक्रममा सहभागी हुनेछन्। पहाडी जिल्लाहरूमा पनि भ्रमण हुने भए तापनि समयसारणी अझै तय भएको छैन।

अछाम क्षेत्र नम्बर २ का उम्मेदवार बालेन निकट भूपदेव शाहका अनुसार उनको यो तीन दिने यात्रा व्यस्त रहनेछ। धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुगेर सम्पन्न हुनेछ।

यात्रापछि शाह कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ। यस भ्रमणले रास्वपाको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।