कैलालीको खुटिया पुलमा एम्बुलेन्सको ठ!क्करबाट एकजनाको मृ!त्यु, एक घा!इते

Image
Nisarga Hospital

कैलालीको खुटिया पुलमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

गएराती साढे ९ बजेको समयमा गौरीगंगा नगरपालिका र त्रिवेणी युवा क्लबद्धारा सञ्चालीत सुप प्र ०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सको ठक्करबाट जिल्लाको कैलारी गाउँपालिका- ५ का ३० वर्षीय अक्षय चौधरीको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत धनगढीबाट सुखडतर्फ जाँदै गरेको घोडाघोडी- १ का २५ वर्षीय प्रवेश चौधरीले चलाएको एम्बुलेन्सले तेल सकिएर पुलमा रोकिएको अवस्थामा रहेको लु५त ३२२ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

nawajiwan
Attariya Hospital

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचाकोक्रममा साढे दश बजे राती निर्सग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोहि ट्याक्टरमा काम गर्ने गोदावरी- ९ का ६० वर्षीय साँकी चौधरी घाइते भएका छन् । उनको निर्सग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।

दुर्घटनामा एमबुलेन्स पूर्णरुपमा क्षति भएको छ । ट्याक्टरका चालक तेल लिन गएको अवस्थामा दुर्घटना भएको हो । सामान्य घाइते भएका एम्बुलेन्स चालकलाई नियन्त्रमा लिएर घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।