सुदूरपश्चिमका पहाडी जिल्लामा घण्टी बजाउदै बालेन शाहा, अरु नेता भन्दा फरक अनि मौन चुनावी यात्रा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सक्रिय छन्। निर्वाचन आचारसंहिताका कारण औपचारिक सभा–सम्मेलन गर्न नपाएपछि उनले ‘घन्टी बजाउने’ प्रतीकात्मक शैलीमार्फत चुनावी सन्देश दिइरहेका छन्।

CP Hospital Dhangadhi

बालेन शाह डडेलधुरा, बैतडी, बझाङ, बाजुरा, अछाम र दार्चुला पुगिसकेका छन् भने डोटी पुग्ने तयारीमा छन्। यसअघि उनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा समेत घन्टी बजाइसकेका छन्। समर्थकसहित गाउँ–टोल र सहर डुल्दै उनले रास्वपाको उपस्थिति र सन्देश फैलाइरहेका छन्।

Attariya Hospital

nawajiwan

रास्वपाले बालेन शाहलाई प्रस्तावित प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि उनी देश दौडाहामा निस्किएका हुन्। आचारसंहिताको सीमाभित्र रहेर पार्टीका सम्पर्क कार्यालय पुग्दै घन्टी बजाउने उनको अभियानले सुदूरपश्चिमको पहाडमा फरक किसिमको राजनीतिक तरंग पैदा गरेको छ।