ढकारी-काठमाडौ युवा समाजको औपचारिक गठन, नृप बि.क. अध्यक्षमा चयन

Image
Nisarga Hospital

अत्तरियाः ढकारी गाउँपालिकाका नागरिकहरूको हकहितलाई केन्द्रमा राख्दै ढकारी-काठमाडौ युवा समाज औपचारिक रूपमा गठन भएको छ। काठमाडौंमा बसोबास गर्ने ढकारी युवा, विद्यार्थी र बिरामीका समस्यालाई सहजीकरण गर्ने उद्देश्यले गठन भएको यस समाजको अध्यक्षमा नृप बहादुर बि.क., उपाध्यक्षमा कमल साउद, सचिवमा दीपक देवकोटा, सह–सचिवमा धिरेन्द्र थापा र कोषाध्यक्षमा मिन बहादुर साउद निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

वडा नं. १ देखि ८ का युवाहरूको सर्वसम्मत भेलाले संस्थागत निर्णय गर्दै २० सदस्यीय कार्यसमिति गठन गरेको छ। बैठकमा समाजको नाम “ढकारी युवा समाज” राख्ने निर्णय पनि सर्वसम्मत पारित भयो।

Attariya Hospital

सदस्यहरूले ढकारीबासीका दुःख–पिडामा एक भएर उभिन, सम्बन्धित निकाय र व्यक्तिलाई समय समयमा सचेत गराउन र काठमाडौंमा ढकारी समुदायको सार्थकता सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

nawajiwan

निर्माणमा योगदान दिने दिनेश रिमाल, कमल घोडासैनी, भिमेश रिमाल लगायत सबैलाई आभार व्यक्त गरिएको छ।