सुदूरपश्चिमका २ हजार १९९ मतदान केन्द्रमा १५ हजार बढी कर्मचारी परिचालन

Image
Nisarga Hospital

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका २ हजार १९९ मतदान केन्द्रमा १५ हजार ३९३ कर्मचारी खटाइने भएको छ। प्रत्येक मतदान केन्द्रमा अधिकतम सात जनासम्म कर्मचारी खटाउने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ।

CP Hospital Dhangadhi

निर्वाचन सञ्चालनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी स्वामित्वका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारी परिचालन गरिनेछ। कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार प्रत्येक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, एक सहायक कर्मचारी र स्वयंसेवक गरी आवश्यक जनशक्ति व्यवस्थापन भइरहेको छ। आवश्यकता परे शिक्षकलाई समेत खटाउने तयारी गरिएको छ।

Attariya Hospital

जिल्लागत रूपमा कैलालीमा ४ हजार ४८७, कञ्चनपुरमा २ हजार ५२०, अछाममा १ हजार ४९१, डोटीमा १ हजार २६०, दार्चुलामा १ हजार १, डडेलधुरामा ९ सय ८७, बाजुरामा ८ सय २६, बझाङमा १ हजार ३२३ र बैतडीमा १ हजार ४९८ कर्मचारी परिचालन हुनेछन्।

nawajiwan

प्रदेशभर १ हजार १७६ मतदान स्थल तोकिएका छन्। सुदूरपश्चिममा महिला ८ लाख ६४ हजार ४२३ र पुरुष ८ लाख ५२ हजार २१९ गरी कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। पछिल्लो नामावली संकलनमा ४६ हजार २० मतदाता थपिएका हुन्।