
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. १ स्थित घण्टेश्वर माध्यमिक विद्यालय को ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिरेन्द्र भट्ट सहभागी भएका थिए भने सभा अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल भट्टले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा विभिन्न प्रतिभा प्रदर्शन गर्दै उपस्थित अभिभावक र अतिथिलाई मन्त्रमुग्ध बनाएका थिए। विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन र अतिरिक्त क्रियाकलापबारे जानकारी गराउँदै आगामी योजनाहरू पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सम्बोधनका क्रममा भने, “घण्टेश्वर मावि हाम्रो शैक्षिक धरोहर हो। गुणस्तरीय शिक्षा, प्रविधिमैत्री कक्षा र भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध छ। विद्यार्थीलाई प्रतिस्पर्धी र नैतिकवान् नागरिक बनाउने अभियानमा हामी सधैँ साथ दिनेछौँ,” उनले बताए।
कार्यक्रममा शिक्षा क्षेत्रमा बिकास गरिएका केही जानकारी निम्न लिखित रहेका छन ।
१. गोदावरी नगरपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा नगर शिक्षकको समेत व्यवस्था गरी विद्यार्थी संख्याका आधारमा शिक्षक दरवन्दी मिलान गरिएको छ ।
२. बालविकास सहजकर्ताका लागि स्वैच्कि कार्यक्रम सम्पन्न गरिएको छ । जसमा ७ वटा बालविकास सहजकर्ताहरुले स्वेच्छिक अवकाश लिएका छन् ।
३. एक वडा एक नमुना विद्यालय अन्तरगत श्री सरस्वती मा.वि. गेटा, शैलेश्वरी मावि बडेहा र सरस्वती माबि ओलानीमा नमुना विद्यालय कार्यक्रम संचालन गरिएको छ ।
४. श्री कृष्ण आवि तेधरी र जानकी मावि ओलानीमा व्यवस्थापन गरिएको छ ।
५. गोदावरी नगरपालिका अन्तरगतका १३ वटा सामुदायिक विद्यालयहरुमा Smart Digital शिक्षा कार्यक्रम लागू गरिएको छ ।
६. घण्टेवर मा.वि. अत्तरिया, नवज्योती मा.वि. बोदिया र दुर्गाभवानी मा.वि. हरैयामा स्थानीय तहको साझेदारीमा चारकोठे भवन निर्माण गरिएको छ ।
७. दुर्गा मावि, कोन्मुडा र समैजी मा.वि. मजगाउँमा विज्ञान प्रयोगशाला व्यवस्थापन गरिएको छ ।
८. राष्ट्रिय मावि बास्कोटा र दुर्गा मा.वि. कोन्मुडामा पुस्तकालय व्यवस्थापन गरिएको छ ।
९. आधारभूत तह (कक्षा ८ को नगरस्तरीय परीक्षालाई थप व्यवस्थित गरी आधारभूत तह (कक्षा ५) को समेत नगरस्तरीय परीक्षा सञ्चालन गरिएको छ। परीक्षालाई वस्तुनिष्ठ एवम् विश्वसनीय बनाउन प्रत्रयच निर्माण कार्यशाला सम्पन्न गरिएको छ ।
१०. खेलाडी विद्यार्थीहरुको खेल कौशल विकास गर्ने कारस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरमा बिजेता खेलाडीहरुलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता गराई जिल्लामा तीन वर्ष लगातार तेस्रो स्थान हासित गरिएको छ ।
११. विद्यार्थीहरुको सर्वांगीण विकासका सानि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ ।
१२. सामुदायिक विद्यालयका प्र.अ.हरुका क्षमता विकास तालिम कार्यक्रम सजालन गरिएको छ ।
१३. सामुदायिक तथा संस्थागत विद्यालयहरुमा IEMIS सम्वन्धी काम गर्ने शिक्षक/कर्मचारीका लागि IEMIS सम्बन्धी तालिम कार्यकम सम्पन्न भएको छ।

१४. गोदावरी नगरपालिका अन्तरगतका सामुदायिक चियालयहरुमा कार्यरत राहत शिक्षक, नगर शिक्षक, बालविकास सहजकर्तार विद्यालय कर्मचारीहरुलाई कर्मचारी कल्याणकारी कोषमा आवद्ध गरिएको छ ।
१५. युवाहरुलाई खोज अनुसन्धानका लागि प्रोत्साहित गर्न नवप्रवर्तन तथा अध्ययन अनुसन्धान सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।
१६. सामुदायिक विद्यालयहरुमा आधारभूत तह (कक्षा ३ सम्म अध्ययनरत का बालबालिकाहरुको Early Screening कार्यक्रम सम्पन्न ।
१७. शिक्षक तालिम कार्यक्रम, बालविकास सहजकर्ता तालिम, स्काउट तालिम कार्यक्रम सम्पन्न भएको छ ।
१८. नवज्योती माध्यमिक विद्यालय गो.न.पा. Wash सुविधासहितको सौचालय निर्माण भएको छ।
१९. सामुदायिक मा.वि. १२० विद्यालयहरुमा ई-हाजिरी जडान भएकोछ।
२०. विद्यालय समायोजन तपसिल बमोजिम भएको छ ।

समायोजन भएका विद्यालयहरुको विवरणः
क्र.सं. समायोजन भएको विद्यालयको नाम समायोजित विद्यालयको नाम
१. सूर्योदय प्रावि ७१०३९०००२) मैलेधरी मावि बडेहाँ ७१०३९०००७)
२. शिव प्रावि ७१०१५००१७ केलाग प्रावि ७१०१५००२३)
३. शंकर प्रात्रि, ७१०२३००१०) घण्टेवर प्रभावि खमौरा (७१०२३००१६)
४. जनजागृती प्रावि (७१००३०००६) सरस्वती मावि मेहरी ७१००३०००५)
कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

































