कांग्रेसको घोषणा: सङ्घ र प्रदेशमा मन्त्रालय कटौती, भ्रष्टाचार पूर्ण अन्त्यको प्रतिबद्धता

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालयको सङ्ख्या घटाउने योजना सार्वजनिक गर्नुभएको छ। पार्टीको चुनावी प्रतिज्ञा सभामा उहाँले सङ्घमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मन्त्रालय मात्र रहने घोषणा गर्नुभयो।

CP Hospital Dhangadhi

सभापति थापाले गठबन्धनको नाममा भागबण्डा गरेर मन्त्रालय बढाउन नपाइने पनि स्पष्ट पार्नुभयो। उहाँले २०४६ सालपछिका कांग्रेस नेतृत्वमा सञ्चालित सरकारलाई ‘स्वर्णिम युग’को संज्ञा दिनुहुँदै राजनीतिक र आर्थिक परिवर्तनहरू पार्टीको नीति र मोडेलकै परिणाम भएको दाबी गर्नुभयो।

उहाँले प्राकृतिक प्रकोपबाट भएको क्षतिपूर्तिलाई आउँदो पाँच वर्षभित्र पुरा गर्ने प्रतिज्ञा गर्दै नेपाली नागरिकको प्रतिव्यक्ति आय २,५०० अमेरिकी डलर पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

nawajiwan
Attariya Hospital

सभापति थापाले संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने र पाँच वर्षभित्र देशबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने दाबी समेत गर्नुभयो।

कांग्रेसले आगामी चुनावमा मन्त्रालय कटौती, आर्थिक सुधार र पारदर्शिता सुनिश्चित गर्ने स्पष्ट नीतिगत रोडम्याप प्रस्तुत गरेको छ।