नेपाल इन्स्योरेन्सद्वारा महादेव माविलाई ४.६ लाख रुपैयाँ सहयोग

Image
Nisarga Hospital

बैतडी : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ले सिगास गाउँपालिका–६ स्थित महादेव माध्यमिक विद्यालय लाई चार लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

CP Hospital Dhangadhi

१०८२/११/८ गते आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य वीरविक्रम रायमाझीको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जन ले विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर लाई चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सामाजिक उत्तरदायित्वका लागि विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारमा सहयोग गरेको जनाएको छ।

प्रधानाध्यापक ऐरले रकमबाट आवश्यक शैक्षिक सामग्री र फर्निचर खरिदमा ठूलो मद्दत पुग्ने बताए। कार्यक्रममा कम्पनीका अन्य उच्च पदस्थ कर्मचारीहरू पनि उपस्थित थिए।