
कैलालीको गोदावरी नगरपालिकामा अपाङ्गता भएका सात जनालाई सिलाइ–कटाइ तालिम प्रदान गरिएको छ। अपाङ्ग एकता समाज कैलालीको आयोजनामा, समावेशी विकास प्रवर्द्धन परियोजनाले अबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरेको हो।

तालिम शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको थियो। गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहिन् भने वडा नम्बर–८ का अध्यक्ष गोविन्द चौधरी र कार्यपालिका सदस्य चन्द्रा भुल विशिष्ट अतिथि थिए। कार्यक्रममा वडा सदस्य डबलबहादुर साउद, विभिन्न संघ–संस्थाका प्रतिनिधि र तालिमका सहभागीहरुको पनि उपस्थिति रहेको थियो।
उपप्रमुख रोकायाले भनिन् कि नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा देखिने गरी काम गर्न अझै आवश्यक छ र आगामी दिनहरुमा थप कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ६ महिनासम्म तालिम लिएका सहभागीलाई सिकाइ प्रमाणपत्र प्रदान गरिएको छ भने ६ जनालाई सिलाइ मेसिन पनि उपलब्ध गराइएको छ।
अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष अनिल कुमार मल्लले बताए अनुसार, परियोजनाले २०२५ देखि विपद न्यूनीकरणसंगै अपाङ्गता भएका महिला, किशोरी र अन्य व्यक्तिहरुको न्यायमा पहुँच सुनिश्चित गर्दै गोदावरी, गौरिगङ्गा, घोडाघोडी र बर्दगोरीया पालिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
सिलाइ–कटाइ तालिमले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ र उनीहरुको सामाजिक सहभागिता बढाउने लक्ष्य राखिएको छ।






























