प्रतिनिधि सभा निर्वाचनको दिनमा आन्तरिक उडान बन्द, पर्यटकका लागि सटल बस सुविधा सुनिश्चित

Image
Nisarga Hospital

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै पर्यटकलाई जानकारी दिएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन हुनेछन्।

CP Hospital Dhangadhi

बोर्डले निर्वाचनको समयमा पनि नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहने बताएका छन्। त्यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ। बोर्डले पर्यटकको सुविधाका लागि विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म सटल बस सेवा उपलब्ध गराउने तयारी भएको जनाएको छ। यसका लागि इच्छुक कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

Attariya Hospital

त्यसैगरी, बोर्डले निर्वाचनको समयमा सीमानाका केही नाकाहरू निर्वाचन ७२ घण्टा पहिले बन्द हुने र देशभरिका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्त्वपूर्ण ऐतिहासिक स्थल खुला रहने जानकारी समेत दिएको छ।

nawajiwan

यसरी निर्वाचनको दिन नेपालमा पर्यटक र स्थानीय दुवैको सुविधा सुनिश्चित गर्दै पर्यटन गतिविधि निरन्तर राख्न पर्यटन बोर्डले विशेष व्यवस्था मिलाएको छ।