
कैलालीको गोदावरी नगरपालिका–५, गेटा आँखा अस्पताल अगाडि गयराती आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार आगलागी शिव गगन किराना पसलबाट सुरु भएको थियो र त्यसपछि वरिपरिका तीन पसलमा फैलिएको थियो।

स्थानीयवासी, प्रहरी, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकल टोलीको प्रयासमा आगलागी नियन्त्रणमा आएको थियो।
प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम जारी राखेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार विद्युत सर्टसर्किट वा अन्य कारणले आगलागी सुरु भएको हुन सक्ने अनुमान गरिएको छ। स्थानीय व्यापारी र प्रहरीले आगलागीको पूर्ण कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको बताएका छन्। आगलागीले स्थानीय व्यवसायीलाई ठूलो आर्थिक नोक्सान पुगेको छ।






























